पुर्व राजालाई माधव नेपालको चुनौती , राजनीति गर्ने भए पार्टी खडा गरेर आउनु

पुर्व राजालाई माधव नेपालको चुनौती , राजनीति गर्ने भए पार्टी खडा गरेर आउनु

Sharing is caring!

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्कन्छ भन्ने भ्रम नपाल्न र राजतन्त्रको सपना नदेख्न सवैलाई सचेत गराउनुभएको छ । नेपालमा फेरि निरंकुश शासन आउन नसक्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले सो भनाईराख्नुभएको हो ।

नेकपा रामेछाप खाडादेवीले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता नेपालले वंशको शासन कसैले नस्वीकार्ने स्पष्ट पार्नुभयो । पूर्वराजा ज्ञानेन्द्रतर्फ इंगित गर्दै उहाँले राजनीति गर्ने भए पार्टी खडा गरेर आउन चुनौती दिनुभयो । ‘वंशको शासन चाहिँदैन । त्यो फर्केर आउँदैन, बरु व्यापार गर्नु, समाज सेवामा जुट्नु, मान, सम्मान प्राप्त गर्नु, राजनीति गर्ने रहर भए पार्टी खडा गर्नु, पार्टीबाट चुनावमा आउनु, जनताको मन र विश्वास जित्नु । नेपालमा तानाशाही र अधिनायवादी शासन आउन सक्दैन,’ नेता नेपालको भनाई थियो । हिमालपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *