विप्लव कार्यकर्ता खोज्‍न जंगलमा प्रहरी परिचालन

विप्लव कार्यकर्ता खोज्‍न जंगलमा प्रहरी परिचालन

Sharing is caring!

प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा अछाममा प्रहरी परिचालन गरेको छ। अछाम जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरीले सर्च अप्रेसन नै चलाएको छ।

अछामका जंगलहरूमा अहिले बाक्लो मात्रामा प्रहरी देखिन थालेका छन्। नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ता लुकेर बसेको हुनसक्ने आशंकामा प्रहरीले जंगलमा गस्ती खटाएको बुझिएको छ।

पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका, रामारोशन गाउँपालिका र ढकारी गाउँपालिकाको जंगल क्षेत्रमा प्रहरीले निगारानी बढाएको हो।

गाउँगाउँमा सादा पोसाकका प्रहरी देखिन समेत थालेका छन्। २४सै घण्टा प्रहरीले गस्ती गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार विप्लव कार्यकर्ता भएको जानकारी भएका क्षेत्रमा प्रहरीले गस्ती बढाएको छ।

विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले स्थानीय नागरिकसँग समन्वय गरिरहेको छ। डिएसपी शाहीले भने, ‘हामीले आम सर्वसाधारणदेखि समाजका प्रभुत्व व्यक्तिहरूसँग सहयोग मागिरहेका छौँ, उनीहरू कहाँ बस्छन् सूचना दिन अनुरोध गरिरहेका छौ। जिल्लामा कुनै अवाञ्छित घटना हुन नदिनका लागि पनि सबैले सहयोग गर्नुपर्ने देखिन्छ।’  

फाइल फोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *