कुलमानको चेतावनीपछि कुलेखानी जलविद्युत आयोजनाको परीक्षण सुरु !

कुलमानको चेतावनीपछि कुलेखानी जलविद्युत आयोजनाको परीक्षण सुरु !

Sharing is caring!

काठमाण्डाै – कुलेखानी जलविद्युत आयोजनाको उपकरण परीक्षण सुरु भएको छ ।१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको पहिलो युनिटमा आइतबारदेखि पानी पठाएर उपकरण परीक्षण अर्थात नो लोड परीक्षण सुरु भएको छ । १४ मेगावाटमध्ये ७ मेगावाटको पहिलो युनिटको विद्युतगृहमा आइतबारदेखि पानी पठाएर उपकरण परीक्षण सुरु भएको आयोजनाले जनाएको छ ।परीक्षण उत्पादन भने अर्को हप्तादेखि गरिने आयोजनाको दावी छ । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्बाइनमा झारिन्छ र त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले-नचलेको हेरिन्छ ।
विद्युत् भने उत्पादन हुँदैन।गएको वैशाख २९ गते आयोजनास्थलमै पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा थप ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभएको थियो।घिसिङले आयोजना स्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका शरद गोल्छालाई फोन गरेर निर्माणमा लापरबाही गरेमा कालोसूचीमा राख्ने चेतावनी दिएपछि कामले गति लिएको थियो ।आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानीखोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो, कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *