अन्तत इटहरीका मेयर द्वारिकलालले माफी मागे !

अन्तत इटहरीका मेयर द्वारिकलालले माफी मागे !

Sharing is caring!

काठमान्डौ , इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिएका छन् ।
उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’उनले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पुर्‍याउने आफ्नो मनशाय नभएको समेत बताएका छन् ।मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *