सुनौलो सँसारमा रमाउने सपना अधुरै ः घाँस काट्दा काट्दै खसेर मृत्यु

Sharing is caring!

अछाम,मँसिर ७ ,अछाममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ढकारि गाउपालिका–२ हिच्माका १९ वर्षिय गणेश साउदको घाँस काट्ने बेला भिरबाट खसेर ज्यान गएको हो ।

शुक्रबार अपरान्ह ४ बजे घाँस काट्न जारिमेको पाँणपाखा जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खोज्न जादा राति ८ बजे मृत अवस्थामा भेटिएको उहाँका दाजु टेकबहादुर साउदले जानकारी दिनुभयो । एक्लै जंगलमा घाँस काट्न गएका गणेशको करिब १०० मिटर तल खसेर मृत अवस्थामा शब भेटिएको थियो ।

Add Comment