ओली सरकारले आचार संहिता विपरित काम गर्याे ः पूर्व मन्त्री साउँद

Sharing is caring!

मँसिर ७ ,अछाम,नेपाली कांग्रेसका नेता एन.पी. साउँदले सरकारले निर्वाचन आचार संहिता विपरितका गतिविधि गरेको आरोप लगाउनु भएको छ । प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पूर्व मन्त्री साउँदले निर्वाचन आचार संहिता विपरितका गतिविधि नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

मतदातालाई प्रभावित पार्ने गरी विकासका योजना दिने, प्रदेश देखि केन्द्रिय सरकारले योजना पारी दिने भन्दै जनतालाई आश्वासन दिने गरेको नेता साउँदको भनाई रहेको छ । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचार संहिताको इमान्दारी पूर्वक पालना गर्नु पर्नेमा जोड दिनु भयो ।

भारतीय पक्षले भर्खर सार्वजनिक गरेको नक्सामा नेपाली भूमि कालापानी भारतीय पक्षले आप्नो नक्सामा राखेको भन्दै फिर्ता गर्नको लागि सरकारले छिटो पहल गर्नु पर्नेमा जोड दिए । करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति पूर्व मन्त्री साउदले बचाउन गर्नुभएको छ ।

Add Comment